नेभिगेशन
अर्थतन्त्र

आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर

काठमाडौं – पानी शुद्धीकरण ब्राण्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘ह्याप्पी रेडी विथ योर वाटर’ नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अन्तर्राष्ट्रिय क्रिकेट अनुभव प्राप्त गर्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले सन् २०२६ फेब्रुअरी ८ मा भारतको मुम्बईस्थित वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल र इंग्ल्याण्डबीचको आईसीसी टी–२० विश्वकप खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् । विजेताले उक्त खेलको निःशुल्क टिकटसहित ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेजसमेत जित्नेछन् ।

केन्ट मिनरल आरओ शुद्ध र सुरक्षित खानेपानीका लागि विश्वसनीय ब्राण्डका रूपमा परिचित छ । नेपालमा पनि ‘शुद्ध पानी, स्वस्थ जीवन’को अवधारणासहित स्थापित ब्राण्डले अत्याधुनिक प्रविधियुक्त वाटर प्युरिफायरमार्फत परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

योजनामा सहभागी हुन ग्राहकहरूले केन्ट वाटर प्युरिफायर खरिद गरेपछि प्याकमा उल्लेख गरिएको ढाँचामा आवश्यक विवरण टाइप गरी तोकिएको नम्बरमा एसएमएस पठाउनुपर्नेछ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने र शर्त तथा नियमहरू लागू हुने कम्पनीले जनाएको छ ।

योजनासम्बन्धी थप जानकारीका लागि केन्टको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल तथा नजिकको आधिकारिक डिलरमार्फत जानकारी लिन सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्