नेभिगेशन
अर्थतन्त्र

स्वावलम्बनको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कमलविनायक शाखा कार्यालय भक्तपुरले एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरूलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरेको हो ।

केन्द्र नं ४३ की प्रमुख चम्पा आलेमगरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वावलम्बन लघुवित्तका सञ्चालक समिति सदस्य रबिनकुमार श्रेष्ठ तथा प्राडा कुसुम शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिहरूमा भक्तपुर नगरपालिका वडा नम्बर १० का वडा सदस्य कृष्णनारायण डुमरु र हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक सूर्य नारायण फोजुको पनि उपस्थिति थियो ।

कार्यक्रमको अवसरा शाखा कार्यालय कमलविनायक अन्तर्गतका उत्कृष्ट केन्द्रहरूलाई पुरस्कृत गरिनुका साथै बीमा सुविधा प्रदान गरिएको थियो । कार्यक्रमको औपचारिक सुरुवात कमलविनायक शाखाका कार्यालय प्रमुख सुनिता काफ्लेले गरेकी थिइन भने इलाका कार्यालय ठिमीका इलाका प्रबन्धक राजेन्द्र थापाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

लघुवित्तले व्यापारिक उद्देश्य मात्र नराखी सामाजिक कार्यमा समेत योगदान गर्दै आएको प्रति हंसवाहिनी आधारभुत विद्यालयका प्रधानाध्यापकले धन्यबाद व्यक्त गरे ।

सञ्चालक शाक्यले नगद विहीन अर्थिक कारोवार बढ्दै गएकोले सोको सदुपयोग र सुरक्षित कारोवार तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुका साथै महिला सहभागिताको प्रशंसा गरिन । सञ्चालक श्रेष्ठले उद्यमशीलता विकास अहिलेको आवश्यकता भएको र सोको लागि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सहकार्य गर्ने बताए ।

कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, यसले प्रदान गर्ने सेवा सुविधाहरू र हालको अवस्थाबारे जानकारी गराए ।

साथै, उनले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै बचत, ऋणको सही सदुपयोग, पारिवारिक बजेट निर्माण र वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिए । कार्यक्रमको सञ्चालन कमलविनायक शाखाका विवेक कुँवरले गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्