काठमाडौं । नेपाल–ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालयको सहकार्यमा नेपालमा बीएससी डाटा साइन्स कार्यक्रम सुरुवात गरेको छ ।
कार्यक्रमले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ । कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा सरकारी उच्च अधिकारीहरू, शैक्षिक विज्ञहरू, उद्यमीहरू र आकांक्षी पेशाकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुवात ब्रिटिश एजुकेशन ग्रुपका अध्यक्ष उपेन्द्र कँडेल र कार्यकारी निर्देशक महेन्द्रराज कँडेलले गरे । कार्यक्रममा ब्रिटिश कलेजको आधिकारिक एआई रोबोट ‘रोज’ ले पहिलोपटक स्वागत मन्तव्य राखेकी थिइन् । साथै, एआई र डाटामा आधारित विशेष नृत्य प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा डाटा साइन्सको महत्त्वबारे आफ्नो विचार राख्ने विशिष्ट वक्ताहरूमा डोल्मा फण्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचर, गुगलका पूर्व प्रोडक्ट म्यानेजमेन्ट प्रमुख जोन बी पार्क थिए । कार्यक्रममा संघीय संसद्का सांसद मनीष झा, र नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेनको पनि उपस्थिति थियो ।
राजदूत फेनले बेलायत–नेपाल शैक्षिक सहकार्यलाई रणनीतिक महत्त्व दिँदै नेपाल र विश्व पूँजी बजारबीच पुल बनाउन सके बेलायती लगानीकर्ताहरू लाभान्वित हुने विश्वास व्यक्त गरे ।
ब्रिटिश एजुकेशन ग्रुपका समूह प्रमुख राजेन कँडेलले यो कार्यक्रम नयाँ मात्र नभई दुई राष्ट्र र संस्थाबीचको साझेदारीको उत्कृष्ट उदाहरणसमेत भएको बताए । फिनटेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले ब्रिटिश कलेजसँगको सहकार्य अझ घनिष्ठ हुने आशा व्यक्त गरे ।
सो अवसरमा फिनटेक अलायन्स नेपालद्वारा ‘नेपालमा डाटा एनालिटिक्सको प्रभावकारी उपयोग’ शीर्षकमा भएको छलफलमा जेनेसिस सोलुसनका उपाध्यक्ष कैलाश बडु, विशेक इन्कका प्रमुख कार्यकारी अधिकृत तथा सह–संस्थापक सुरेश मानन्धर, सेन्डार गेट सर्भिसकी उपाध्यक्ष (डाटा) श्वेता कर्ण, एक्सटेन्सोका प्रमुख कार्यकारी अधिकृत सुरेश गौतम, र नामीकी अनुसन्धान सहायक अन्जु क्षेत्री सहभागी थिए ।