नेभिगेशन
अर्थतन्त्र

टेलिनेट र सेल्सफोर्सको सहकार्यमा व्यवसायहरूको डिजिटल रूपान्तरण

काठमाडौं — नेपालमा प्रविधि तथा सञ्चार क्षेत्रमा सक्रिय टेलिनेट प्रालि र विश्वप्रसिद्ध कञ्जुमर रिलेसनसिप म्यानेजमेन्ट (सीआरएम) प्लेटफर्म सेल्सफोर्सबीच सहकार्य भई नेपाली उद्योग तथा व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तीव्र बनाइने भएको छ । रमेश कर्प समूहअन्तर्गतको टेलिनेट प्रालि अब नेपालमा सेल्सफोर्सको स्थानीय कार्यान्वयन तथा समर्थन साझेदारका रूपमा रहनेछ । यससँगै नेपाली व्यवसायहरूले सम्पूर्ण सेल्सफोर्स प्लेटफर्म प्रयोग गर्न पाउनेछन् भने स्थानीय स्तरमै परामर्श, इम्प्लिमेन्टेशन र सपोर्ट सुविधा प्राप्त गर्नेछन् । यसले व्यवसाय सञ्चालनलाई अझ आधुनिक, प्रभावकारी र डेटा–आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सेल्सफोर्सका प्रमुख समाधानहरूमध्ये सेल्स क्लाउडले बिक्री टिमको कार्यक्षमता बढाउने, ग्राहक जानकारी र अवसरहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने तथा छिटो निर्णय लिन सहयोग गर्नेछ । स्ल्याकमार्फत टिमहरूबीच वास्तविक– समय सहकार्य, सहज सञ्चार र स्वचालित कार्यप्रवाह सम्भव हुनेछ । साथै, ट्याब्लोले डाटालाई चार्ट, ग्राफ र ड्यासबोर्डमार्फत स्पष्टरूपमा प्रस्तुत गर्दै व्यवसायलाई तथ्यमा आधारित निर्णय लिन मद्दत गर्नेछ । सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले टेलिनेटसँगको सहकार्यले नेपालमा सेल्सफोर्सको उपस्थिति विस्तार हुने र नेपाली व्यवसायलाई उत्कृष्ट ग्राहक अनुभव, उच्च उत्पादकता र दिगो वृद्धितर्फ अघि बढाउन सहयोग पुग्ने बताए । त्यसैगरी, टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूदले विश्वस्तरीय डिजिटल उपकरणको पहुँच नेपाली व्यवसायका लागि अब सहज हुने उल्लेख गर्दै स्थानीय परामर्श, प्रशिक्षण र अनुकूलित समाधानमार्फत व्यवसायको चुनौती समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रारम्भिक चरणमा टेलिनेट र सेल्सफोर्सले प्रमुख आर्थिक क्षेत्रहरूलाई लक्षित गर्दै परामर्श, प्रशिक्षण र छिटो कार्यान्वयन सेवा प्रदान गर्नेछन्, जसबाट द्रुत अपनत्व र मापनयोग्य व्यावसायिक परिणाम सुनिश्चित हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्