काठमाडौं – एलजी नेपालले आकर्षक उपहार योजनाअन्तर्गत भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने अवसरसहितको विशेष क्याम्पेन सार्वजनिक गरेको छ । अफरअनुसार, एलजीका कुनै पनि उत्पादन खरिद गर्ने ग्राहकले ४ रात ५ दिनको पूर्ण प्याकेजसहित खेल हेर्न पाउने अवसर जित्न सक्नेछन् ।
सीमित अवधिका लागि लागू हुने यस अफरमा म्याच टिकट, बसोबास, सिटी टुरसहित सम्पूर्ण ट्राभल प्याकेज उपभोक्ताले जित्न सक्नेछन् । एलजीको विश्वव्यापी ब्राण्ड दर्शन ‘लाइफ्स गुड’मा आधारित यस क्याम्पेनले अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्दै उपभोक्तालाई प्रोडक्टभन्दा परको स्मरणीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।
यस क्याम्पेनअन्तर्गत विजेताहरूले विशेष यात्रा सुविधासँगै एलजी ग्राहकहरूका लागि सुनिश्चित उपहारहरू पनि प्राप्त गर्नेछन् । जसमा वासिङ मेसिन खरिदमा निःशुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा निःशुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट तथा विभिन्न अतिरिक्त सब्सक्रिप्सन सुविधाहरू समावेश छन् ।
क्याम्पेनमा सहभागिता जनाउन इच्छुक ग्राहकले कुनै पनि एलजी प्रोडक्ट खरिद गरी वारेन्टी कार्ड नम्बर, प्रोडक्टको नाम, ग्राहकको नाम र ठेगाना तोकिएको ढाचामा ९९७७ मा एसएमएस पठाउनुपर्नेछ । यो अफर नेपालभर लागू हुने एलजीले जनाएको छ ।
एलजी नेपालका ब्राण्ड तथा मार्केटिङ म्यानेजर मुकेशकुमार बैठाले यस क्याम्पेनले एलजीको नवप्रवर्तनको दर्शनलाई अझ प्रष्ट बनाएको बताए । ‘एलजीमा नवप्रवर्तन भनेको केवल प्रविधि मात्र होइन, मानिसहरूले जीवनभर सम्झिरहने क्षणहरू सिर्जना गर्नु पनि हो,’ उनले भने, ‘यो अभियानमार्फत नेपाली उपभोक्तालाई विश्वस्तरीय खेल उत्साहसँग नजिक ल्याउने हाम्रो प्रयास हो ।’