नेभिगेशन
अर्थतन्त्र

इस्लिंटन कलेजका विद्यार्थी दीक्षित

काठमाडौं – इस्लिंटन कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुईदिने दीक्षान्त समारोह सम्पन्न गरेको छ । मंसिर २९ र ३० गते सम्पन्न समारोहले विद्यार्थीहरूको शैक्षिक यात्राको औपचारिक समापन गर्दै व्यावसायिक जीवनतर्फको प्रवेशलाई प्रतीकात्मकरूपमा चिन्हित गरेको कलेजले जनाएको छ ।

स्नातक तहअन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, कम्प्युटर नेटवर्किङ एण्ड आईटी सेक्युरिटी, मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, डिजिटल बिजनेस म्यानेजमेन्ट, एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए । त्यस्तै, स्नातकोत्तर तहअन्तर्गत एमएससी आईटी, एमबीए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू पनि दीक्षित भएका हुन् ।

वार्षिक दीक्षान्त समारोहकै अवसरमा कलेजले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा विभिन्न छात्रवृत्ति प्रदान गरेको छ । यस वर्षको इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लण्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको कलेजले जनाएको छ । करिब १.५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको उक्त छात्रवृत्तिमा ट्युसन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडा समावेश रहेको छ । त्यसैगरी, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरेे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ । उनीहरूले इनोभेट नेपाल ग्रुपअन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनुका साथै समूहअन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

समारोहमा विभिन्न कार्यक्रमअन्तर्गत उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा एमबीए कार्यक्रमबाट आशुतोष राजभण्डारी, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आईटी सेक्युरिटीमा अम्स घिमिरे, मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, कम्प्युटिङमा क्षितिज श्रेष्ठ रहेका छन् । साथै, आईटी अन्तिम वर्ष परियोजना तथा कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा प्रशिदिका तिवारी, मोबाइल एप्लिकेशन डेभलपमेन्टमा प्रयत्न राजकर्णिकार, बिजनेस एडमिनिस्ट्रेशनमा अनुश नेपाल र अकाउन्टिङ एण्ड फाइनान्समा प्रतीक्षा गुरुङ टपर घोषित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्