नेभिगेशन
राजनीति

जाँचबुझ आयोगको म्याद थप

काठमाडौं – जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप भएको छ । मन्त्रिपरिषद्को बिहीबार बैठकले बयानलगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए । आयोगको म्याद यही पुस ९ गतेसम्म थियो । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी म्याद थप गर्नुपर्ने आवश्यकता बुझाएका थिए । सुरक्षा निकाय, कर्मचारीलगायतसँग बयान लिइसकेको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भने अझै सोधपुछसम्म गरेको छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्