नेभिगेशन
प्रदेश

विदेशबाट मतदान गर्ने सम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडाैं । वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकले विदेशबाट मतदान गर्न पाउने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । निर्वाचनमा सहभागितामा विदेशमा बस्नेहरूको अत्याधिक रुचि, इलेक्ट्रोनिक र दूतावासमा प्रत्यक्ष सहभागी भएर मतदान प्रक्रियामा सहभागिता जनाउने आकांक्षा देखाएको प्रतिवेदनमा उल्लेख छ ।

श्रमिक सञ्जाल र सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चले वैदेशिक रोजगारीका क्रममा कतार, साउदी अरेबिया, ओमान, बहराइन, कुवेत, यूएई र मलेसियामा कार्यरत ६ हजार ४ सय ८५ श्रमिकसँग विदेशबाट मतदान गर्न पाउने विषयमा सर्वेक्षण गरेको थियो । ‘परसेप्सन अफ नेपाली माइग्रेन्ट वर्कर आउट अफ कन्ट्री भोटिङ’ प्रतिवेदन अन्र्तराष्ट्रिय आप्रवासन दिवसका दिन श्रमिक सञ्जाल र सामाजिक न्यायका लागि कानुन तथा नीति मञ्चले बिहीबार राजधानी काठमाडौंमा सार्वजनिक गरेको हो । विप्रेषणमार्फत् नेपाली अथर्तन्त्र धानिरहेका आप्रवासी नेपाली श्रमिकहरू आफ्नो संवैधानिक अधिकारबाट वञ्चित छन् र त्यस्तो अवस्थालाई उनीहरूले कसरी लिन्छन् भन्ने बारेमा अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्