नेभिगेशन
प्रदेश

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सेवाग्राही बढ्दो

रामेछाप । रामेछापमा आयुर्वेद तथा वैकल्पिक उपचार सेवाप्रति सर्वसाधारणको आकर्षण बढेको छ । मन्थली, चिसापानी लगायत जिल्लाका विभिन्न पालिकामा १/१ वटा गरी अहिले कुल ९ स्थानमा आयुर्वेद तथा वैकल्पिक सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीको चाप बढेको बताइएको छ ।

जिल्ला सदरमुकाम मन्थलीमा रहेको जिल्ला कार्यालयका साथै अन्य पालिकामा स्थापना भएका नागरिक आरोग्य सेवा केन्द्रमा दैनिक सेवा लिनेहरूको पछिल्लो समय भीड लाग्ने गरेको छ । यी केन्द्रले सञ्चालन गरिरहेका नियमित स्वास्थ्य परीक्षण, अकुपञ्चर, फिजियोथेरापी, योग, पायल्स–फिसर तथा फिस्टुलाका लागि शल्य–उपचार, रक्त–दिशा–पिसाव परीक्षणलगायत अधिकांश सेवा निःशुल्क उपलब्ध भएपछि सेवाग्राहीको चाप बढेको हो । ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सालय आएपछि मेरो स्वास्थ्य समस्याहरू कम भएका छन्,’ सेवाग्राही मन्थली–२ का कुंङलाल तामाङले भने ।

अहिले मन्थली अस्पताल भवनमा सेवा सुरु गरेपछि सेवाग्राहीको संख्यामा वृद्धि भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नवराज घिमिर बताउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्