नेभिगेशन
विश्व

श्रीलंकाले चक्रवात पुनर्निर्माणमा ठूलो बजेट छुट्यायाे

कोलम्बो – श्रीलंका सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी डलर बराबरको अतिरिक्त खर्च गर्ने योजना सार्वजनिक गरको े छ । बिहीबार सरकारले संसद्मा प्रस्तुत गरिएको उक्त प्रस्तावलाई हालसम्मकै सबैभन्दा ठूलो विपद्–पुनर्निर्माण पहलका रूपमा हेरिएको छ ।

उक्त प्राकृतिक प्रकोपले करिब २३ लाख मानिसलाई प्रत्यक्षरूपमा असर गरेको थियो । यो संख्या श्रीलंकाको कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी हो । चक्रवातका कारण आएको भीषण वर्षा, बाढी र भूस्खलनले देशका विभिन्न भागमा घर, सडक, पुल, रलमार्ग र े कृषि भूमिमा व्यापक क्षति पुर्‍याएको थियो । राष्ट्रपति अनुरा कुमारा दिशानायकले यस विपद्लाई श्रीलंकाले सामना गरको े सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक प्रकोपमध्ये एक भएको उल्लेख गर्दै त्यसबारे छलफल गर्न सरकारले एक महिनाको संसदीय अवकाश बीचमै तोडेर बिहीबार संसद् अधिवेशन डाकेका छन् ।

राष्ट्रपति दिशानायकले संसद्मा ध्वस्त आवास, सडक, पुल तथा रेल्वे संरचनाको पुनर्निर्माणका साथै प्रभावित नागरिकलाई गुमेको जीविकोपार्जन पुनःस्थापित गर्न नगद सहायता उपलब्ध गराउन थप पाँच खर्ब श्रीलंकाली रुपैयाँ (करिब एक अर्ब ६६ करोड अमेरिकी डलर) विनियोजन गर्न प्रस्ताव गरेका छन् ।

‘सन् २०२६ का लागि नियमित सरकारी खर्चमा छुट्याइएको बजेटबाहेक विपद् राहत र पुनर्निर्माणका लागि थप पाँच खर्ब रुपैयाँ अनिवार्यरूपमा आवश्यक छ,’ राष्ट्रपति दिशानायकले सांसदहरूलाई सम्बोधन गर्दै भने ।

उनको नेतृत्वमा रहेको दलको दुई तिहाइभन्दा बढी बहुमत रहेको राष्ट्रियसभाले शुक्रबार मिनी बजेट पारित गर्ने अपेक्षा गरिएको छ । यद्यपि राष्ट्रपति दिशानायकले यो अतिरिक्त खर्च पूरा गर्न सरकार आफ्नो ऋण–सीमा बढाउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

यसअघि नै उनले पुनर्निर्माणका लागि विदेशी अनुदान र सहायतामा बढी भर पर्ने नीति लिएको बताएका थिए । यसै सन्दर्भमा अर्थ मन्त्रालयले आउँदो महिनाको सुरुआतमा अन्तर्राष्ट्रिय दाता सम्मेलन आयोजना गरिने घोषणा गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग द्रुत राहत कोषअन्तर्गत २० करोड अमेरिकी डलर सहयोग माग गरको े छ । त्यस्तै, विपद् पुनःप्राप्ति खर्चका लागि विश्व बैंकसँग चलिरहेका परियोजनाबाट १२ करोड डलर पुनः प्रयोग गर्ने सहमति पनि भइसकेको छ ।

यसै साता, मंगलबार श्रीलंकाले एसियाली विकास बैंक (एडीबी)बाट पानी व्यवस्थापन परियोजनाका लागि २० करोड डलर ऋण प्राप्त गरेको छ । यो चक्रवातपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय वित्तीय सहयोग हो । अर्थ मन्त्रालयका अनुसार उक्त रकम गत महिना बाढीबाट सबैभन्दा बढी प्रभावित उत्तर–मध्य प्रान्तमा नहर सञ्जाल पूरा गर्न प्रयोग गरिनेछ ।

‘यस परियोजनाको मुख्य उद्देश्य उत्तर– मध्य प्रान्तमा कृषि उत्पादनशीलता बढाउनु, किसानको आम्दानी सुधार गर्नु र जलवायु परिवर्तनप्रति क्षेत्रको लचिलोपन मजबुत बनाउनु हो,’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व बैंकले हाल चक्रवातबाट भएको कुल क्षतिको विस्तृत मूल्यांकन गरिरहेको जनाएको छ । यद्यपि, कोलम्बोस्थित अधिकारीहरूले प्रारम्भिक अनुमानअनुसार देशको पुनर्निर्माणका लागि करिब सात अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने बताएका छन् ।

उल्लेखनीय कुरा के छ भने सन् २०२२ मा खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक वस्तु आयात गर्न आवश्यक विदेशी मुद्रा भण्डार समाप्त भएपछि श्रीलंका गहिरो आर्थिक संकटमा फसेको थियो । त्यही कठिन परिस्थितिबाट देश बिस्तारै उकासिँदै गरको े बेला चक्रवात दितवाहले थप चुनौती थपेको हो ।

तर सन् २०२३ को सुरुआतमा आईएमएफले दुई अर्ब ९० करोड अमेरिकी डलरको बेलआउट प्याकेज स्वीकृत गरेपछि श्रीलंकाको अर्थतन्त्र क्रमशः स्थिर हुँदै गएको छ । सरकारको भनाइमा यही आर्थिक स्थिरताको आधारमा अब देशले विपद् पुनर्निर्माण र दीर्घकालीन विकास दुवैलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्