नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स सन्तुलित योजनाको इकाइ बिक्री खुला

काठमाडौं – सिटिजन्स् म्युचुअल फण्ड अन्तर्गत सिटिजन्स सन्तुलित योजनाको इकाइ बिक्री खुला भएको छ । इकाइ बिक्री शुक्रबारदेखि आगामी मंगलबारसम्म खुला रहने योजना व्यवस्थापक सिटिजन्स् क्यापिटलले जनाएको छ ।

सिटिजन्स् म्युचुअल फण्ड अन्तर्गत कोषको प्रवर्धक सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड हो । योजना सञ्चालनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएपछि इकाई बिक्री खुला बिहीबार जारी विज्ञप्तिमा छ । यो चौथो बन्दमुखी योजना एक अर्ब रुपैयाँको छ र न्यूनतम १०० देखि अधिकतम एक लाख इकाई खरिद गर्न सकिने व्यवस्था छ । प्रति इकाई मूल्य रु. १० छ भने योजनाबाट औसत वार्षिक १४ प्रतिशत प्रतिफलको अनुमान गरिएको छ । योजना शेयर तथा डिबेन्चरमा लगानी गर्दै नाफा र जोखिम सन्तुलनमा केन्द्रित छ । हालको नेप्से तल्लो तहमा भएको कारण प्रतिफलको सम्भावना उच्च रहेको म्युचुअल फण्ड व्यवस्थापकले जनाएको छ ।

इच्छुक लगानीकर्ताले आफ्नो ‘मेरो शेयर’ खाता वा बैंक/वित्तीय संस्थाहरूका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् ।

सिटिजन्स् क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा नयाँ आयाम थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । यस कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र सीईओ सबिर बादे श्रेष्ठ छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्