नेभिगेशन
अर्थतन्त्र

पोखरलीलाई प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौं – अग्रणी इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले पोखरामा विशेष एक्सचेन्ज अफर ल्याएको छ । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको प्रोटोन ईमासले काठमाडौं र चितवनपछि पोखरामा पनि विशेष एक्सचेन्ज अफर ल्याएको हो ।

विशेष एक्सचेन्ज अफर कार्यक्रम पुस ७, ८ र ९ गते पोखराको न्युरोडस्थित सिटी स्क्वायर ब्यान्केटमा हुने कम्पनीले जनाएको छ । तीन दिने कार्यक्रममा आफ्नो पुराना गाडी प्रोटोन ईमाससँग साट्न चाहनेले सुविधा पाउनेछन् । ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरमा प्रोटोन इमास–सेभेनको मूल्य ४६ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ । प्रोटोन ईमास–सेभेनले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० एमएम ग्राउण्ड क्लिरेन्स तथा एनइडीसी रेन्ज ४९२ र ५८५ छ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभीको लम्बाइ ४६१५ एमएम रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्