नेभिगेशन
अर्थतन्त्र

घर निर्माण फेस्टको मुख्य प्रायोजक शिवम् सिमेन्ट

काठमाडौं – स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सहकार्यसम्बन्धी सम्झौता भएको छ । बिहीबार सम्पन्न सम्झौताअनुसार शिवम् सिमेन्ट लिमिटेड उक्त फेस्टको प्रमुख प्रायोजकका रूपमा आबद्ध भएको हो । घर निर्माण, परामर्श र प्रविधिमुखी यो राष्ट्रियस्तरको प्रदर्शनी पुस १२–१५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । आयोजकका अनुसार प्रदर्शनीमा सर्वसाधारणलाई निःशुल्क प्रवेश दिइनेछ ।

घरधनी, निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, आपूर्तिकर्ता, विद्यार्थी तथा आम नागरिकलाई लक्षित गरी आयोजना हुने यस फेस्टमा आधुनिक घर निर्माणसम्बन्धी नवीन प्रविधि, सीप, परामर्श र सामग्री एउटै थलोमा प्रस्तुत गरिनेछ । नेपालभरिका निर्माण व्यवसायी र प्रविधिहरूको सहभागितामा गुणस्तरीय, सुरक्षित र दिगो घर निर्माणबारे राष्ट्रिय सन्देश प्रवाह गर्ने उद्देश्य आयोजकले लिएको छ । फेस्टको विशेष आकर्षणका रूपमा गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने लक्ष्यसहित संसारकै सबैभन्दा ठूलो इँटा प्रदर्शनीसमेत आयोजना गरिने जानकारी दिइएको छ । यसले नेपाली निर्माण क्षेत्रको क्षमता र पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने विश्वास गरिएको छ ।

शिवम् सिमेन्टले ५३ र ४३ ग्रेडको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । हेटौंडामा स्थापित अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टमार्फत आफ्नै चुनढुंगाबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको शिवम् गुणस्तर, प्राविधिक सेवा र विश्वासका कारण उपभोक्तामाझ लोकप्रिय ब्रान्डका रूपमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्