जनकपुरधाम – कांग्रेसका कृष्णप्रसाद यादव ९२ सांसदको साथ पाएर शक्तिशाली मुख्यमन्त्री बन्न पुगे का छन् । शुक्रबार बसेको प्रदे शसभा बैठकमा उनलाई १० वटै दलका ९२ सांसदले विश्वासको मत दिएपछि शक्तिशाली मुख्यमन्त्री बनेका हुन् ।
सत्तापक्षीय सम्पूर्ण दल र प्रमुख प्रतिपक्षी ने कपा एमालेले पनि उनलाई विश्वासका मत दिए । उपसभामुख बबिता राउत इशरले यादवले सघन विश्वासको मत पाएको घोषणा गरिन् ।
नेपाली कांग्रेस नेतृत्वको सातदलीय गठबन्धन रहेको छ । जसमा जसपा नेपाल, जनमत नेकपा माओ वादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । उनीहरूले यादवलाई स्वाभाविक रूपमा विश्वासको मत दिएका थिए । तर उनलाई प्रमुख प्रतिपक्षी एमालेबाहेक सत्ताबाहिर रहेका एक–एक सिटको राप्रपा नेपाल र नेपाल संघीय समाजवादी पार्टी समेतले विश्वासको मत दिए । गत मंसिर १९ गते ७ दलीय गठबन्धनको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । उनले मंसिर २१ मा पद तथा गोपनीयताको शपथ लिएका थिए । उनले सो हीले दिन नेपाली कांग्रेस, जनमत र नेकपा एकीकृत समाजवादीबाट तीन मन्त्री नियुक्त गरेका थिए ।
यसपछि मंसिर २९ मा उनले नेकपा माओ वादी केन्द्र र लोसपालाई समेत सरकारमा सहभागी गराए । अहिले उनको मन्त्रिमण्डल उनी लगायत ६ सदस्य छन् । ६ वटा मन्त्रालयले पूर्णता पाउन बाँकी छ । विश्वासको पाएसँगै मुख्यमन्त्री यादवले संसदीय गठबन्धनमा भागबण्डा मिलाएर मन्त्रिपरिषद् विस्तार गर्ने छन् । १०७ सदस्य मधेश प्रदेशसभामा सरकार को विश्वासको मतको लागि ५४ मत आवश्यक पर्छ । प्रदेश सभामा हाल नेकपा एमालेको २४, नेपाली कांग्रेसको २२, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९, लोसपाको ८, नेकपा एकीकृत समाजवादीको ७ जना सांसद छन् । यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको एक–एक सिट रहेको छ ।