नेभिगेशन
उपत्यका

३९ विद्यालयको नेपालीपन झल्किने  नाम

काठमाडौ – लामो समयदेखि काठमाडौं महानगरपालिकाभित्रका विद्यालय र महानगरबीच स्कूलको नामलाई लिएर भइरहेको झगडा यतिबेला सामान्यीकरणतर्फ अघि बढिरहेको देखिएको छ । महानगरले नेपालीपन झल्कने स्कूलको नाम राख्न विगत तीन वर्षदे खि ताकेता गरिरहेको थियो । कयौं स्कूलहरूले नाम फेर्नुभन्दा महानगर नै त्याग्नु उचित माने र अन्यत्र बसाइँ समेत सरेका थिए । महानगर पालिकाको पहलमा यस वर्ष काठमाडौंमा सञ्चालित ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी स्कूलको नाम परिवर्तन गरेको जनाएको छ ।

हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी, कामपाले आफ्नो मातहतका विद्यालयबाट शैक्षिकसत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्रादान गरेको पनि जानकारी दिएको छ । कामपाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्रवृत्तिमा पाँच हजार ८९५, दलित छात्रवृत्तिमा एक हजार ३२२, अपाङ्ग र आवासीय छात्रवृत्ति ४५५ जनालाई यो अवसर प्राप्त भएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका