नेभिगेशन
अर्थतन्त्र

भृकुटीमण्डपमा फर्निचर एक्सपो सुरु

काठमाडौँ – नेपाल उड, इन्टेरियर तथा फर्निचर एक्सपो शुक्रबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचर एक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको एक्सपोमा पहिलो दिन नै अवलोकनकर्ताको राम्रो उपस्थिति देखिएको छ ।

इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरू सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रदर्शनीको एघारौं संस्करण शुक्रबारबाट सुरु भएको हो ।

प्रदर्शनीको सहयोगी संस्था नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका होमप्रसाद घिमिरे, र इन्टेरियर डिजाईनर एशोसिएसन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका हुन् । उल्लेखनीय सहभागिता रहेको छ ।

प्रदर्शनीमा इन्टेरियर प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल छन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनीहरू, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रका नयाँ प्रविधिको जानकारी गराउने उद्देश्यले ११ वर्षदेखि प्रदर्शनी आयोजना हुँदै आएको छ ।

प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको डिजाईनर एशोसिएसन नेपालका विज्ञहरूद्वारा विभिन्न शिर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम आयोजना हुनेछ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

घर तथा व्यवसायमा आवश्यक पर्ने सामानहरू हेर्न, बुझ्न, तथा खरिद गर्न इच्छुक व्यक्तिले पुष ६ गते आइतबारसम्म भृकुटीमण्डपको प्रदर्शनी स्थलमा निःशुल्क रुपमा प्रदर्शनी भ्रमण गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्