नेभिगेशन
अर्थतन्त्र

मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर बिक्री गर्ने

काठमाडौं – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँको ७५ लाख ६० हजार कित्ता साधारण सेयरको ६० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ। कम्पनीले एक कित्ता साधारण सेयर बराबर ०.६ कित्ता दिने गरी कुल ४५ करोड ३६ लाख रुपैयाँ बराबरको ४५ लाख ३६ हजार कित्ता साधारण सेयर निष्काशन हुने जनाएको छ।

हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। हकप्रद निष्काशनका लागि मुक्तिनाथ कृषि कम्पनीको बसुँन्धारा स्थित कार्यालयमा सम्पन्न कार्यक्रममा कम्पनीले नेपाल लाइफ क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो। सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।

मुक्तिनाथ कृषि कम्पनीले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरूलाई जोड्न संस्थागत मूल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो। कम्पनीले कृषकहरूको लागि आवश्यक उत्पादनका साधनहरूको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरूको विकास र उपभोक्ताहरूलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरू उपलब्ध गराउने सम्बन्धी व्यवसाय गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्