नेभिगेशन
अर्थतन्त्र

शेयर कारोबारी अग्रवाल पक्राउ

काठमाडौं – शेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी ठगि गरेको आरोपमा शेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अग्रवाललाई शेयर कारोबारमा झुटो सूचना सार्वजनिक गर्दै मूल्य प्रभावित गरि उच्च मूल्यमा शेयर बिक्री गरेको आरोपमा पक्राउ गरेको हो ।

सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गरी ४९ लाख १९ हजार ८६५ रुपैयाँ ९० पैसा कानून बिपरित नाफा कमाएको भेटिएपछि पक्राउ गरिएको जनाएको छ । अग्रवालले अन्य टिएमएस युजर प्रयोग गरी आपसी खरिद–बिक्री तथा आफन्त र सम्बन्द्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेकोपाइएको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि कृत्रिम रुपमा बढाएको देखिएकोले झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबीले शुक्रबार नै जिल्ला अदालत काठमाडौंबाट पाक्राउ अनुमती लिएर महाराजगञ्ज जुनदेवीबाट पक्राउ गरी अनुसन्धान गरिएको जनाएको छ ।

अग्रवाल यसअघि पनि साउनमा पक्राउ पररे छुटेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्