नेभिगेशन
प्रदेश

जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरुवाप्रति रुष्ट

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका प्रमुख अनोज चौधरीले आफूहरूसँग कुनै सहमति नलिई प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । 

अध्यक्ष चौधरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रमुख प्रशासकीय अधिकृतलाई यसअघि पटक–पटक मन्त्रालयमा उपस्थित भई आफ्नो कार्यकाल पूरा गर्न आग्रह गरिएको थियो । तर ती आग्रह बेवास्ता गर्दै मन्त्रालयले २०८२÷०८÷२९ गतेको निर्णयअनुसार जिराभवानी गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीलाई कलिकामाई गाउँपालिका, पर्सामा सरुवा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

गाउँपालिकाको स्थापना कालदेखि नै करिब ८ वर्षको अन्तरालमा सोही अधिकृत ५ पटकसम्म सरुवा हुँदै आएको र यसले स्थानीय प्रशासन तथा सेवा प्रवाहमा गम्भीर असर परेको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाले वर्तमान परिस्थितिमा प्रमुख प्रशाकीय अधिकृत गिरीलाई जिराभवानी गाउँपालिकामै हाजिर नगराउन अध्यक्षको आग्रह छ । गिरीको स्थानमा अरु जोकोही भएपनि स्वीकार्य हुने अध्यक्ष चौधरीको भनाइ छ । निर्णय सच्याउन मन्त्रालयसमक्ष उनले आग्रह समेत गरेका छन् । अन्यथा, आउन सक्ने परिस्थितिको जिम्मेवारी स्वयम् मन्त्रालयले लिनुपर्ने चेतावनीसमेत पालिका प्रमुख चौधरीले विज्ञप्तिमार्फत् दिएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्