नेभिगेशन
राजनीति

निर्वाचन आयोगले सर्वपक्षीय छलफल गर्ने

काठमाडौं – निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीसहित सर्वपक्षीय छलफल गर्ने भएको छ । राजनीतिक दलका प्रतिनिधि, निर्वाचन आयोगलगायत सम्बद्ध पक्षसँग सोमबार निर्वाचनको तयारी, सुरक्षा, व्यवस्थापन, कानुन संशोधन लगायत विषयमा सर्वपक्षीय छलफल गर्न लागेको हो ।

आयोगले यसअघि पनि निर्वाचनको तयारीको विषयमा सरोकारवालाहरूसँग छलफल गरिसकेको छ । निर्वाचन तयारकिा बारेमा पछिल्लो उपलब्धि र प्रयास तथा सरोकार भएका पक्षको धारणा बुझ्न छलफल गर्न लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनका अनुसार छलफल सिंहदरबारमा हुनेछ ।

फागुन २१ गते प्रतिनिधिसभाको चुनाव घोषणा भएको छ । चुनावका लागि निर्वाचन आयोगले आफ्नो तयारी अगाडि बढाइसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्