नेभिगेशन
प्रदेश

चरेशसहित दुईजना पक्राउ

वीरगञ्ज – पर्सा प्रहरीले ठुलो परिमाणमा लागुऔषध चरेश ओसारपसार गरिरहेका दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ बस्ने २९ वर्षका सरोज मोक्तान र सोही ठाउँ बस्ने २१ वर्षीय नवराज लो छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले बीरगंज महानगरपालिका वडा नमबर २२ जगरनाथपुर ढाँट स्थित सडकखण्डमा चेकजाँचको क्रममा २४० किलो चरेश सहित दुवै जनालाई पक्राउ गरेको हो ।

मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना. ३ ख ५० ९३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकको केबिनको माथि फल्स बनाइ लुकाइ राखिएको पाइएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बरामद गरिएको चरेश सहित ट्रक, चालक र ट्रकमा सवार अन्य एक जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्