नेभिगेशन
अर्थतन्त्र

इन्ड्राइभ आइसिटी अवार्डमा १७ विधामा सम्मान

काठमाडौं – दशौ ँ संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ ललितपुरको पुल्चोकस्थित द प्लाजामा भव्य रूपमा सम्पन्न भएको छ । लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका स्टार्टअप, संस्था र व्यक्तित्वहरूलाई १७ भन्दा बढी विधामा सम्मान गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उद्घाटन गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा प्रमुख अतिथि थिए । कार्यक्रममा विभिन्न संवैधानिक आयोगका प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, मुख्यसचिव समुनराज अर्याललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । स्वदेश तथा विदेशबाट करिब १५ सयभन्दा बढी आइसिटी क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए ।

७५० भन्दा बढी अनलाइन नोमिनेसनमध्ये १८ सदस्यीय जुरी र १६ सदस्यीय सल्लाहकार समितिले चार महिनाको मूल्यांकनपछि विजेता छनोट गरेका हुन् । व्यक्तिगततर्फ नेपाली डायस्पोरा आइसिटी अवार्ड दिनेश सिलवाल, इन्टरप्रेनर आइसिटी अवार्ड विभुषण विष्ट र पायोनियर आइसिटी अवार्ड डा. एलेन बैलोचन तुलाधरले प्राप्त गरे । वुमन आइकन आइसिटी अवार्ड मुन्नी राजभण्डारीलाई प्रदान गरिएको छ ।

संस्थागत तथा स्टार्टअप विधामा सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, एम्बिसन गुरू, कोपिला भ्याली स्कुल, आर्कबो टेक्नोलोजीज, क्विकसीसीए, माइण्डब्रिज, कताहो, ट्रिप टर्बो  प्रालिलगायत विजेता बने । साथै सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई प्रदेशस्तरीय मान्यतासहित सम्मान गरिएको छ ।

आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले विगत १० वर्षदेखि प्रविधि इकोसिस्टम विकासमा कार्यक्रमले भूमिका खेलेको बताए । मन्त्री खरेलले डिजिटल रोडम्याप जारी गर्ने  तयारी भइरहेको उल्लेख गर्दै आइसिटी विकास अपरिहार्य भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्