नेभिगेशन
अर्थतन्त्र

सानिमा रिलायन्सको बीमालेख नवीकरणमा विलम्ब शुल्क छुट

काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट दिएको छ । कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजर गर्दै इन्स्योरेन्सले यो योजना सार्वजनिक गरेको हो ।

यो पुनर्जागरण अभियान पुस ६ देखी २८ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने इन्स्योरेन्सले जनाएको छ । व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पछि ६ महिना भित्र बीमालेख समर्पण गरेमा भने छुट पाएको सबै रकम भुक्तानी गर्नुपर्ने सर्त पनि इन्स्योरेन्सले राखेको छ ।

बीमालेख परिपक्व हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको बीमालेखमा ब्याज छुट पाइने छैन । सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ । बिलम्ब शुल्कमा छुट सुबिधा लिई व्यतित बीमालेख नविकरण गरी मौकाको फाइदा लिन कम्पनीले सबै बिमितलाई अनुरोध गरेको छ ।

हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ । ग्राहकले इन्स्योरेन्सका १६८ शाखा कार्यालयबाट वा अनलाइन भुक्तानीको माध्यमबाट यो योजनामा सहभागी हुन सकिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्