नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशियाका अध्यक्ष अग्रवालले दिए राजीनामा

काठमाडौं – एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । अग्रवालले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।

उनको राजीनामा पुस ६ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । स्रोतकाअनुसार नियामक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्र बैंकले बैंकका अध्यक्ष र तत्कालीन सीईओ रोशन न्यौपानेलाई कारबाही गर्दै दुई लाख रुपैयाँका दरले जरिवाना तिराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्