नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच सहकार्य

काठमाडाैं – सिद्धार्थ बैंक र नेपाल सोशल बिजनेसबीच युवा उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य भएको छ । बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीहरूलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेससँग सहकार्य गरेको हो ।

सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले नेपालमा उद्यमशीलता प्रवद्र्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई सहकार्यले प्रतिबिम्बित गरेको बताए ।

नेपाल सोशल बिजनेसका तर्फबाट निर्भाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोशल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमहरूलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याउँदै आएको बताए । बैंकले प्रभावशाली उद्यमीहरूको सशक्तीकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छ । आगामी दिनहरूमा यस्ता उद्देश्य केन्द्रित सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्