नेभिगेशन
अर्थतन्त्र

नारायणी सामुदायिक हस्पिटलले आईपीओ ल्याउने

काठमाडौं – एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । अस्पतालले नियमनकारी निकायसँग आवश्यक स्वीकृति लिई आईपीओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

जारी पूँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको हस्पिटलले २० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । शेयर निष्काशन पछि संस्थापक समूह अन्तर्गतको ८० प्रतिशत शेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको ४०० शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरि बनाइएको हस्पिटलका लागि थप पूँजी आवश्यक परेपछि आईपीओ निष्काशन गर्न लागेको सञ्चालक चुडामणी खनालले जानकारी दिए ।

हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एनपीआई. नारायणी सामुदायिक हस्पिटल लिमिटेडको स्थापना २०६३ मा भएको थियो । हाल यसको वार्षिक कारोवार एक अर्ब १५ करोड रुपैयाँ हाराहारी रहेको छ । अस्पतालमा ४२५ भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा हस्पिटलका सञ्चालक चुडामणी खनाल र नबिल इन्भेष्टमेण्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा निष्काशन कम्पनीको तर्फबाट सञ्चालकहरू विष्णु कुँवर, निरजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्