नेभिगेशन
अर्थतन्त्र

सकियो फर्निचर एक्सपाे

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ आइतबार सकिएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले संयुक्त रुपमा आयोजना गरेको प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काठसम्बन्धि मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको प्रदर्शनी गरिएको थियो ।

शुक्रबार उद्धाटन गरिएको प्रदर्शनीमा स्वदेशी तथा बिदेशी ब्राण्डहरूका एक सयभन्दा बढी स्टलहरू राखिएको थियो । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनीहरू, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरू र नयाँ प्रविधिको जानकारी गराउने उद्देश्य राखिएको थियो ।

प्रदर्शनीमा संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । यस प्रदर्शनीले साना देखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मेसिनहरूलाई उन्नयन गर्दै अझ बढि प्रभावकारी बनाउन मद्दत गरेको छ । प्रदर्शनी स्थलमा इन्टेरियर डिजाईनर एस्सोसियसन नेपालका विज्ञहरू द्वारा विभिन्न शीर्षकमा २ दिने सेमिनार तथा गोष्ठी कार्यक्रम पनि आयोजना भएको थियो । प्रदर्शनीले नेपालको काठ, फर्निचर र इन्टेरियर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनेको आयोजकको विश्वास छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्