नेभिगेशन
राजनीति

चुनावी सहकार्यबारे रवि–बालेन छलफल

काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चुनावी सहकार्यका विषयमा छलफल भएको छ । सोमबार भएको भेटमा उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र आगामी चुनावमा सहकार्यका बारेमा छलफल भएको छ ।

मेयर शाह निकटस्थका अनुसार दुई नेताबीच आगामी निर्वाचनमा तालमेल र सहकार्य गर्ने विषयमा छलफल भएको हो । अहिले वैकल्पिक शक्ति पक्षधरहरूले रास्वपा, बालेन शाह र कुलमान घिसिङहरू एक ठाउँमा हुनुपर्ने धारणा राख्दै आएका छन् । लामिछाने कारागारबाट छुटेपछि पुराना दलप्रति आक्रामक देखिएका छन् । जेनजी आन्दोलनपछि शाह भने केही संयमित देखिएका छन् ।

रास्वपा नेता शिशिर खनालले चुनावी प्रधानमन्त्रीका रुपमा शाहलाई अघि सार्न सकिने बताइसकेका बेला लामिछाने र शाह बीचको भेटलाई अर्थपूर्ण ठानिएको छ । सहकारी ठगी प्रकरणमा कारागारमा रहेका लामिछाने गत शुक्रबार धरौटीमा छुटेका हुन् । भैरहवाबाट छुटेपछि शनिबार चितवन आएर सभा गरेका उनले आइतबार काठमाडौंमा पार्टी कार्यालय पुगेर औपचारिक रुपमा पार्टीको कार्यभार अघि बढाइसकेका छन् । उनले आइतबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति