नेभिगेशन
प्रदेश

जापानिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु

काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिसका एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस हुन सक्ने उनको भनाइ छ । गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए ।

मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण कम हुने बताए । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्