नेभिगेशन
अर्थतन्त्र

सीएफ मोटोको नयाँ बाइक परीक्षणमा

काठमाडौं – नेपाली बजारमा बाइकको एड्भेन्चर र डुअल–स्पोर्ट सेग्मेन्टमा सीएफ मोटोको नयाँ मोडल थपिने भएको छ । कम्पनीले आफ्नो नयाँ मोटरसाइकल २५० डुअललाई सार्वजनिक गर्नुअघि टेस्ट ड्राइभ सुरु गरेको छ । उक्त बाइकलाई छिटै बजारमा ल्याउने तयारी रहेको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जनाएको छ ।

शहरी यात्रा र अफ–रोडसम्म प्रयोग गर्न मिल्ने मोटरसाइकलको रूपमा २५० डुअललाई विकास गरिएको कम्पनीको भनाइ छ । नेपालको सडक अवस्था र चुनौतीपूर्ण भूपरिवेशलाई ध्यानमा राखेर मोटरसाइकलन निर्माण गरिएको कम्पनीको दाबी छ ।

डिजाइनतर्फ, नयाँ बाइकमा शार्प एंगुलर फ्रन्ट फेसिया, विशेष डुअल–स्पोर्ट हेडलाइट, अफ–रोडमा धुलो तथा ग्राभेलबाट सुरक्षा दिने उठाइएको फ्रन्ट फेन्डर र लम्बिएको फोर्क गार्ड जडान गरिएको छ, जसले यसलाई अझ एग्रेसिभ र आकर्षक लुक्स प्रदान गर्छ ।

यसमा लामो ट्राभल सस्पेन्सन, स्लिम तथा स्ट्रिमलाइन बडी प्यानल, हाइ–माउन्टेड एक्जस्ट, डुअल–पर्पस टायर र उभिएर चलाउँदा पनि राम्रो नियन्त्रण दिने संरचना समावेश गरिएको छ । स्कल्प्टेड ट्यांकसँग जोडिएको सानो र स्लिम सीट प्रोफाइलले अफ–रोड राइडिङमा थप सहजता दिने अपेक्षा गरिएको छ ।

इन्डुरो मोटरसाइकलबाट प्रेरित क्लासिक डिजाइन फिलोसफीमा आधारित २५० डुअललाई आधुनिक प्रविधि र प्रिमियम फिनिशिङसहित तयार पारिएको छ । हाल सहरको भीडभाडदेखि बिग्रिएका सडक र अफ–रोड ट्रेलसम्म विभिन्न परिस्थितिमा यसको टिकाउपन र ह्यान्डलिङको परीक्षण भइरहेको छ ।

नेपाली सडक सुहाउँदो डुअल–स्पोर्ट मोटरसाइकल लन्च गर्ने उद्देश्यमा कम्पनी गम्भीर देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्