नेभिगेशन
अर्थतन्त्र

ग्लोबल आइएमईले फूल खेतीका लागि ऋण दिने

काठमाडाैं – ग्लोबल आइएमई बैंक र फ्लोरिकल्चर एशोसिएसनबीच पुष्प खेतीका लागि ऋण उपलब्ध गराउने प्रणालीको विकास गर्ने सहमति भएको छ । समझदारी पत्रमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख असीम कर्माचार्य र फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरू लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्नेछ । फ्लोरिकल्चर एशोसिएसनले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाबारे जानकारी दिनेछ । यसबाट व्यवसायी र कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिको प्रवर्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । साथै यस सहकार्यले जलवायु अनुकूलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसात् गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यो सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी र उद्यमीहरूलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फूल उत्पादन तथा आलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्