नेभिगेशन
अर्थतन्त्र

सालपा विकास बैंकले आईपीओ जारी गर्दै

खोटाङ । सालपा विकास बैंकले सर्वसाधारणका लागि पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । २०६९ साउन ३ गते दिक्तेल बजारमा स्थापना भएको बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो ।

बैंकले आफ्नो चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर रोजगारी गरिरहेका नेपालीका लागि एक लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारणलाई लक्षित गरेर खुला गर्न लागिएको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओका लागि पुस–२० गतेसम्म आवेदन दिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योगेन्द्र पुनले जानकारी दिए । शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गरिने बैंकले जनाएको छ । दिक्तेल बजारसँगै जिल्लाको विभिन्न छ स्थानमा यस बैंकको शाखा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्