काठमाडौं – प्रिमियम घरेलु उपकरण ब्रान्ड बेकोले नेपाली बजारमा ग्राहक लक्षित नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डिजाइन्ड फर होम, क्राउन्ड विद क्रिकेट’ नामक अभियानले बेकोका विश्वस्तरीय डिजाइन र प्रविधिलाई नेपालीहरूको क्रिकेटप्रतिको उत्साहसँग जोडेको छ ।
अभियान अन्तर्गत ग्राहकले आईसीसी टी–२० विश्वकप २०२६ मा नेपालको खेल मुम्बईको वानखेडे स्टेडियममा प्रत्यक्ष हेर्ने र पाँच दिने मुम्बई यात्रा जित्ने अवसर प्राप्त गर्नेछन् । बेकोले युरोपेली उत्कृष्टता र नेपाली जीवनशैलीलाई एकीकृत गर्दै यो विशेष अनुभव प्रस्तुत गरेको जनाएको छ ।
भाग्यशाली विजेतालाई मुम्बईको पाँच दिने सम्पूर्ण यात्रा प्याकेज प्रदान गरिने कम्पनीले जनाएको छ । यस अभियानमा सहभागी हुन ग्राहकहरूले बेकोको कुनै पनि उत्पादन खरिद गरी तोकिएको ढाचामा एसएमएस पठाउनुपर्नेछ ।
अभियान अवधिभर बेकोका उत्पादन खरिद गर्ने ग्राहकहरूका लागि आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । बेको वाशिङ मेसिन खरिदमा ३ केजी एरियल म्याटिक डिटर्जेन्ट निःशुल्क, एयर कन्डिसनर खरिदमा निःशुल्क स्थापना सेवा उपलब्ध छ ।
नेपालमा बेकोका सम्पूर्ण प्रिमियम घरेलु उपकरणहरू सिजी इलेक्ट्रोनिक्समार्फत बिक्री वितरण हुँदै आएको छ । सिजी इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर, विश्वसनीय सेवा र आधिकारिक वारेन्टी सुनिश्चित गर्दै आएको जनाएको छ ।
उन्नत प्रविधि, ऊर्जा दक्षता र आकर्षक डिजाइनका लागि परिचित बेको युरोपको अग्रणी घरेलु उपकरण ब्रान्ड हो । त्यस्तै, सिजी इलेक्ट्रोनिक्स नेपालकै प्रतिष्ठित उपभोक्ता इलेक्ट्रोनिक्स तथा घरेलु उपकरण वितरकका रूपमा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।