नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडाैं – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्धन, पुर्वाधार निर्माण सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्यजस्ता विभिन्न क्षेत्रहरूमा कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदुरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षणसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरूको रोकथामसम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ । भदौको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्न पाँच थान कम्प्युटर र टेबल प्रदान गरेको छ ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोका रूपमा जीविकोपार्जन गरिरहेका विपन्न वर्गका मानिसहरू, बालबालिका, एकल महिला, एकल पुरुषहरूलाई खाद्यान्न पुर्‍याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोटलाई आर्थिक सहयोग गरेको छ ।

बागलुङ जिल्लाका भुकृटी माध्यमिक र सल्यान सुखौरा माध्यमिक विद्यालय, झापाको पृथ्वी माध्यमिक, अरनिको माध्यमिक र गणेशसूर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।

साथै बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययतरत १८० जना विद्यार्थीहरूलाई १८० थान न्यानो कपडा वितरण गरेको छ । त्यसैगरी गोरखा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मुनलाईट सोसाइटीसँगको सहकार्यमा शैक्षिक सामाग्रीहरू वितरण गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्