नेभिगेशन
प्रदेश

बुहारी हत्या आरोपमा दुई पक्राउ

कमलामाई (सिन्धुली) । बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी कमलामाई–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको अभियोगमा ५९ वर्षीया सासु मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामालाई पक्राउ गरिएको हो ।

अभियुक्तद्वयले गत आइतबार बुहारी सुशीलाको जिउमा पेट्रोल छर्केर आगो लगाएका थिए । सुशीलाका श्रीमान् दुई वर्षदेखि वैदेशिक रोजगारीमा छन् । घटनास्थलबाट जलेको शव प्रहरीले बरामद गरेको छ भने घाइते भेटिएका ससुरा दुर्गामान घाइतेलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखिएको छ । घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्