नेभिगेशन
राजनीति

कांग्रेस महाधिवेशन धकेलिन सक्छ : कोइराला

काठमाडौं – कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही समय पर धकेलिन सक्ने बताएका छन् । कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा मंगलबार चाबहिलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तर, उनले आफू महाधिवेशन सार्न भने नलागेको बताए ।

आफूले महाधिवेशन सार्न नखोजेको स्पष्ट पार्दै उनले क्रमसंख्या नभएको क्रियाशील सदस्यता बाँड्ने कामले केही समय पर धकेलिएको उनको भनाइ छ । ‘पार्टीको अधिवेशन केही लम्बिन सक्छ । अब यो पत्रकारहरूले के लेख्छन् भने शेखर कोइरालाको समूहले अधिवेशन सार्न खोज्यो भनेर । मैले सार्न खोजेको होइन । म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हुँ,’ उनले भने,‘क्रियाशील सदस्य नयाँ थपिए । नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभरी सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला । अर्कैले पठाएको होला । मैले त थाहा पाएँ । थाहा पाएपछि चनाखो भएँ ।’ कांग्रेसले पुस २६–२८ मा काठमाडौंमा १५औं महाधिवेशन गर्ने निर्णय गत गत मंसिर १५ मा गरेको थियो ।

त्यस्तै, नेता कोइरालाले फागुन २१ मा निर्वाचन हुनेमा पनि आशंका व्यक्त गरे । निर्वाचनको माहोल कतै नदेखिएको उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्