नेभिगेशन
राजनीति

सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सातवटै प्रदेशका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जना जिल्ला न्यायाधीशलाई यही पुस १५ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत निर्वाचन गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईं, मधेसका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश सुभासबाबु पुरी र बागमतीका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठलाई नियुक्त भएका छन् । गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासे, लुम्बिनीका लागि दाङ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डित र निर्वाचन अधिकृतको कार्यालय कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाललाई नियुक्त भएका छन् ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन अधिकृतको कार्यालय सुदूरपश्चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश भुवनसिंह थापालाई नियुक्त गरिएको छ । निर्वाचन अधिकृतहरूले यही पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्