नेभिगेशन
अर्थतन्त्र

शेयरबजारमा सामान्य वृद्धि

काठमाडौं – शेयरबजारमा मंगलबार नेप्से परिसूचक सामान्य बढेको छ । यसअघि तीन कारोबार दिन घटेको नेप्से ३.२७ अंकले बढेर २,५८४.४९ विन्दुमा पुगेको छ । कुल ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँको ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये १३४ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । यद्यपी यसदिन ११७ वटाको शेयरमूल्य घटेको छ भने ८ वटाको स्थिर रहेको छ । विकास बैंक, लगानी, जीवन वीमा, म्युचुअल फण्ड, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै अन्य समूह १.२८ प्रतिशत बढेको छ । त्यसपछि जलविद्युत समूह ०.२ ९, उत्पादन तथा प्रशोधन समूह ०.२५, फाइनान्स ०.२०, लघुवित्त ०.१७, र बैंकिङ र होटल तथा पर्यटन ०.१० प्रतिशत बढेको छ । एसवाई प्यानलको शेयर मूल्य सर्बाधिक ७.०१ प्रतिशत बढेको छ । त्यसपछि गुराँस लघुवित्तको ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५.९७ प्रतिशतले घटेको छ ।

सबैभन्दा बढी एसवाई प्यानलको ३० करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लगानीकर्ताको सम्पत्ति ६ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि तीन अर्ब रुपैयाँ बढेर १४ खर्ब ७० अर्ब रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्