नेभिगेशन
अर्थतन्त्र

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आईसीटी अवार्ड

काठमाडौं – एनएमबि बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आईसीटी अवार्ड २०२५ प्राप्त गरेको छ । बैंकले इन्टरप्राइज क्षेत्रको डिजिटल सर्भिसेज् आईसीटी अवार्ड प्राप्त गरेको हो । यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन् । एनएमबि बैंकले नयाँ डिजिटल माध्यममार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो ।

यो अवार्डले एनएमबि बैंकको डिजिटल प्रवर्धन र ग्राहककेन्द्रित सेवालाई प्रतिविम्बित गरेको बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटीएम र ९ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्