नेभिगेशन
अर्थतन्त्र

भेस्पा र एप्रिलियाको अफर

काठमाडौं – डेल्टा अटोकर्प प्रालिले नेपालमा बिक्री–वितरण गर्दै आएको प्रिमियम इटालियन स्कूटर ब्राण्ड भेस्पा र एप्रिलियाका लागि जाडो मौसमलाई लक्षित गर्दै ‘चिसो विन्टर, तातो अफर’ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत विभिन्न छुट र सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अफर योजनामा ग्राहकले भेस्पा वा एप्रिलिया स्कूटर खरिद गर्दा ७ हजार ५ सय रुपैयाँ नगद छुट वा २ वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये एक विकल्प रोज्न सक्नेछन् । मेन्टेनेन्स प्याकेजमा इन्जिन आयल, एयर फिल्टर, आयल फिल्टर, निःशुल्क सर्भिस तथा लेबर चार्ज समावेश गरिएको छ ।

यस योजनामा आकर्षक एक्सचेञ्ज सुविधा पनि उपलब्ध गराइएको छ । कुनै पनि ब्राण्डका दुईपांग्रे सवारीसाधन एक्सचेञ्ज गर्दा १० हजार रुपैयाँसम्म थप मूल्यांकन र न्यूनतम ४० हजार रुपैयाँको ग्यारेन्टे ड मूल्यांकन प्रदान गरिने कम्पनीले जनाएको छ ।

स्कूटर खरिदलाई अझ सहज बनाउन डेल्टा अटोकर्पले ४.९९ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्स सुविधा तथा शून्य प्रतिशत सर्भिस चार्जको व्यवस्था गरेको छ । साथै, अफर अवधिभर प्रत्येक स्कूटर खरिदमा निःशुल्क ब्राण्डेड हेलमेट र स्कूटर कभर पनि प्रदान गरिनेछ ।

डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक विजय महतोले जाडो मौसममा ग्राहकलाई न्यानो खुसी बाँड्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनले भने, ‘प्रिमियम स्कूटर खरिदमा उल्लेखनीय बचत र सुविधाहरू पाउने यो उपयुक्त समय हो ।

गुणस्तरीय सवारीसाधनलाई किफायती मूल्यमा उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई यस योजनाले थप सुदृढ बनाउनेछ ।’ कम्पनीका अनुसार ‘चिसो विन्टर, तातो अफर’ योजना पुस ९ देखि फागुन ८ गतेसम्म देशभरका सम्पूर्ण भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्