नेभिगेशन
अर्थतन्त्र

ओरिएन्टल इन्स्योरेन्सले पुनर्निर्माण कोषमा गर्‍यो सहयोग

काठमाडौं – ओरिएन्टल इन्स्योरेन्सले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । सो सहयोग नयाँ दिल्लीबाट आएका कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक संजय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई मन्त्रालयमा आयोजित कार्यक्रममा सोमबार हस्तान्तरण गरेका हुन् ।

भारतको नयाँ दिल्लीमा रहेको ओरिएन्टल इन्स्योरेन्सले नेपालमा स्थापना गरेको इन्स्योरेन्स कम्पनीमार्फत स्थानीय आवश्यकताअनुसार सम्पत्ति, मोटर, मरिन, इञ्जिनियरिङ., व्यक्तिगत दुर्घटना, स्वास्थ्य बीमालगायत उद्योग, परियोजना, कलकारखाना, पुल, जलविद्युत् जस्ता संरचनाको प्रत्यक्ष बीमा तथा नेपालस्थित स्थानीय बीमा कम्पनीहरूसँग पूनर्बीमामा समेत सहकार्य गर्दै आइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्