नेभिगेशन
राजनीति

कमल थापा राप्रपामा फर्किए

काठमाडौं – राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाको राप्रपा नेपालबीच एकता सहमति भएको छ । मिलेर अगाडि बढ्नेमा लिङ्देन र थापाबीच कुरा मिलेको हो ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार आयोजित एकता कार्यक्रममा लिङ्देन र थापाले सहमतिपत्रमा हस्ताक्षर गरे । सहमतिअनुसार पार्टी एकता घोषणा आगामी बुधबार राष्ट्रिय सभागृहमा हुने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा र राप्रपा नेपालबीच केही समयदेखि वार्ता समिति नै बनाएर पार्टी एकताको गृहकार्य भएको थियो ।

०७८ मंसिरमा राप्रपाको सम्पन्न सातौं महाधिवेशनमा अध्यक्ष पदमा लिङ्देनसँग थापा पराजित भएका थिए । आफ्नो हारमा निर्मल निवासको हात रहेको आरोप लगाउँदै उनले राप्रपा परित्याग गररे राप्रपा नेपाल ब्युँत्याएका थिए । पुरानो दल छाडेपछि उनको जनमत घटेको थियो । राप्रपा र राप्रपा नेपाल दुवै राजसंस्था पक्षधर पार्टी हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्