नेभिगेशन
राजनीति

उज्यालो नेपाल र सर्वोदयबीच चुनावी एकता

काठमाडौं – उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले चुनावी एकता गरेका छन् । मुलुकको जटिल राजनीतिक परिस्थितिमा निकास दिन र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकतालाई सम्बोधन गर्न दुई पार्टीले संयुक्त रूपमा निर्वाचनमा जाने निर्णय गरेको दुवै पार्टीले जनाएका हुन् ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गरिएको एकतापछि दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न बलेको चिम प्रयोग गर्ने र संयुक्त उम्मेदवारी दिने सहमति भएको छ । बुधबार आयोजित भेलामा सहमतिपत्रमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र सर्वोदयका अध्यक्ष दीपककुमार साहले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्