नेभिगेशन
नेपाल

ख्रिष्टमसको पूर्व सन्ध्या

ख्रिष्टमसको पूर्व सन्ध्यामा बुधबार साँझ ललितपुरको एसम्सन चर्चका दृश्य । बर्सेनि हिसेम्बर २५ मा मनाइने ख्रिष्टमस ईसाई धर्मावलम्बीहरूको प्रमुख पर्व हो, यो येशू ख्रिष्टको जन्मको स्मरणमा विश्वभर मनाइन्छ । नेपालमा पनि ईसाई समुदायले यो पर्व श्रद्धा, प्रार्थना र उत्साहका साथ मनाउने गरेका छन्। काठमाडौं, पोखरा, धरान लगायतका सहरहरूमा चर्चहरू सजाइन्छन्, मध्यरातमा विशेष प्रार्थना सभा आयोजना गरिन्छ र भजनकीर्तन गुञ्जिन्छ । ख्रिष्टमसका अवसरमा परिवार तथा समुदायबीच प्रेम, सहकार्य र क्षमाको सन्देश आदानप्रदान गरिन्छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल