नेभिगेशन
अर्थतन्त्र

नाडाको नयाँ कार्यसमिति पुस २५ गते

ललितपुर – नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले पुस २५ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन गर्ने भएको छ । बुधबार ललितपुरमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमिति चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको हो ।

साधारणसभाले आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिका लागि तयार मार्गनिर्देशन पारित गरेको छ । यस्तै, अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको थियो ।

सभाले नाडा महासंघ निर्माण गर्नुपर्ने प्रस्तावको औचित्य तथा आवश्यकताबारे छलफल भई प्रचलित कानूनबमोजिम गर्नेबारे निर्णय गरेको छ ।

नाडाले आगामी दिनमा कानूनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र