नेभिगेशन
नेपाल

दीक्षान्तको हर्ष

काठमाडौंको दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहका सहभागी । विभिन्न तहमा उत्तीर्ण ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधिसहित दीक्षित भएका छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले ज्ञानलाई सेवासँग, सीपलाई सदाचारसँग र सफलतालाई समाजप्रतिको योगदानसँग जोड्न आह्वान गरिन् । प्रमुख अतिथि भौतिक शास्त्रतर्फ सन् २०१५ को नोबेल पुरस्कार विजेता जापानका प्राडा ताकाआकी काजिताले आफूले विद्यावारिधि प्राप्त गरेपछि पनि निरन्तर खोज, अनुसन्धान र अध्ययन जारी राखेकाले नोबेल पुरस्कार प्राप्त गर्नसक्ने क्षमता विकास भएको बताएका थिए । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्