नेभिगेशन
नेपाल

नारायणहिटी संग्रहालयमा ४७ लाख भ्रमणकर्ता

काठमाडौँ । नारायणहिटी राजदरबार १७ वर्षअघि संग्रहालयमा परिणत गरिएपछि स्थापनाको १७ वर्षमा सो संग्रहालय ४७ लाख ७७ हजार ७०० स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् ।

स्थापनादेखि गत मंसिर मसान्तसम्म ४७ लाखभन्दा बढीले अवलोकन गरेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा दुई लाख ६० हजारले नारायणहिटी दरबार संग्रहालयको अवलोकन गरेकोमा चालू आवको साउनदेखि मंसिर मसान्तसम्म ४६ हजार ७०० ले अवलोकन गरेको जनाइएको छ । सरकारले नारायणहिटी संग्रहालय प्रवेशका लागि विद्यार्थीलाई रु ५०, नेपालीलाई रु २००, सार्क राष्ट्रका नागरिकलाई रु ५०० र विदेशी नागरिकलाई रु एक हजार शुल्क लिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप नेपाल
दीक्षान्तको हर्ष

दीक्षान्तको हर्ष

ख्रिष्टमसको पूर्व सन्ध्या

ख्रिष्टमसको पूर्व सन्ध्या