नेभिगेशन
अर्थतन्त्र

एनआईसी एसिया बैंकमा फेरिए अध्यक्ष

काठमाडौं – एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ७४४औं बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले अग्रवाललाई बिहीबार शपथ ग्रहण गराएका छन् । उनको नियुक्ति बुधबारबाट नै कार्यान्वयन भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलले जानकारी दिए ।

अग्रवालसँग बैंक तथा वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । बैंकको अध्यक्षमा नियुक्त भएका अग्रवालले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेकाले सफल नेतृत्व गरी मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्‍याउने विश्वास बैंकले लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै बैंकको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरेपछि सञ्चालक समितिले नयाँ अध्यक्ष नियुक्त गरेको हो । बैंकमा बहुमत शेयर व्यावसायिक समूह विशाल र सांघाइ ग्रुपको छ । विशाल समूहका अगुवा तुलसीरामले राजनीमा दिए पनि उनकै समूहका व्यवसायी अशोकले बैंकको नेतृत्वको जिम्मा पाएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र