नेभिगेशन
अर्थतन्त्र

नेपालगञ्जकी बुढाले जितिन्‌ जस्मिन पेन्ट्सको बम्पर उपहार

काठमाडौं – जस्मिन पेन्ट्सको चाडपर्व अफर योजनामा जापान भ्रमणको बम्पर उपहार नेपालगञ्जकी देवी बुढाले जितेकी छन् । २ हजार ६ जनाभन्दा बढी ग्राहकमध्येबाट उनले उक्त बम्पर उपहार प्राप्त गरेकी हुन् । कम्पनीले गत भदौदेखि कात्तिकसम्म ग्राहक उपहार योजना ‘चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग’ सञ्चालन गरेको थियो । त्यसको विजेता घोषणा गत सोमबार गरेको हो ।

कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काले लक्की ड्र कुपनमार्फत विजेताको घोषणा गरे । बम्पर उपहार योजनामा सहभागीमध्ये १ हजार ८२ जनाले विभिन्न उपहार जितेका छन् । ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडी पाएका छन् ।

कम्पनीका अनुसार तीन महिना सञ्चालित योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरू खरिद गरेका नेपालभरिका २ हजार ६ सय ४७ जनाभन्दा बढी ग्राहक सहभागी थिए । ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरूको खरिदमा ग्राहकलाई उपहार योजनामा सहभागिताका लागि कुपन दिइएको थियो । तिनै कुपनहरूलाई लकी ड्र गर्दै विजेता छनोट गरिएको हो । ग्राहकको उत्साहजनक सहभागिताले उपहार योजना सफल भएको कम्पनीका कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले बताए । यो योजनाबाट कम्पनीको कारोबार बढाउन सहयोग मिलेको उल्लेख गर्दै उनले भविष्यमा ल्याइने यस्ता योजनामा ग्राहक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र