नेभिगेशन
अर्थतन्त्र

हुन्डाईको विन्टर डिलाइट योजना

काठमाडौं – अंग्रेजी नयाँ वर्षको छेको पारेर हुन्डाईका गाडी खरिद गर्न चाहनेका लागि बिक्रेता कम्पनीले विशेष योजना ल्याएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई विन्टर डिलाइट योजना ल्याएको हो ।

बिहीबारदेखि सुरु भएको योजनामा हुन्डाई गाडीसँग नयाँ वर्षको सुरुवात गर्ने ग्राहकहरूले विविध आकर्षक छुट तथा विशेष सुविधाहरू पाउनेछन् । योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडीको खरिदमा ५ लाख रुपैयाँसम्मको छुट र छानिएको मोडलहरूमा एक लाख रुपैयाँसम्मको नयाँ वर्षको बोनस प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकले एक वर्षको बीमा सेवा र सडक करमा निःशुल्कको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

हुन्डाईका सबै गाडीहरूमा ३ वर्षको वारेन्टी, हाई–भोल्टेज ब्याट्रीमा ८ वर्षको वारेन्टी र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध हुने पनि कम्पनीले उल्लेख गरेको छ । गुणस्तर, विश्वसनीयता र ग्राहक सन्तुष्टिप्रतिको हुन्डाईको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ । देशभरका शोरूमहरूबाट ग्राहकले यो नयाँ योजनाको लाभ लिन सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र